काठमाडौं- सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको र धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ।