आइतबार, असार १४, २०८३

'आधारभूत आतिथ्य प्रशिक्षण कार्यक्रम' सम्पन्न

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०
National life
Shivam cement

काठमाडौं- होटल व्यवसायीका लागि २ दिने आधारभूत आतिथ्य प्रशिक्षण कार्यक्रम काठमाडौँको होटल पलाजोमा सम्पन्न भएको छ। 

‘जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ अन्तर्गत युएनडीपी र नेपाल पर्यटन बोर्डको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। जिल्ला होटल व्यवसायी संघ, काठमाडौँ  र होटल व्यवसायी महासंघले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा २६० जना होटल व्यवसायीको सहभागिता थियो।

प्रशिक्षक सुर्य किरण श्रेष्ठले खाद्य सुरक्षालाई केन्द्रमा राखी आतिथ्य सत्कारका आधारभूत विषयबारे सहभागीलाई प्रशिक्षण दिएका थिए। अतिथि सत्कारका सम्बन्धमा आयोजित कार्यक्रम होटल व्यवसायीको लागि सहयोगी भएको र आफूहरुलाई थप उर्जाशील बनाएको व्यवसायीको प्रतिक्रिया थियो।
 

प्रकाशित: Dec 31, 2023| 22:10 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्