शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : पुलिस, एपिएफ र संकटा भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार)बाट छैठौ चरणका खेल सुरु हुदै छन् । मंगलबार हुने पहिलो खेलमा विभागीय टिम एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुदैछ भने दोस्रो खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा पहिलो खेल बिहान ११ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल दिउासो २:३० बाट सुरु हुने छ ।  जित विहिन एनआरटी र एक मात्र जित निकालेको एपिएफको लक्ष्य जित निकाल्दै अंक तालिकामा सुधार गर्नु हुनेछ । 

लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई राम्रो खेल्न सकेको छैन् । यता, विभागीय टोली एपीएफले आफ्नो स्वभाविक लय देखाउन सकेको छैन ।

लिगमा १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ । एपीएफ ४ अंक सहित ११ औँ स्थानमा रहेको छ ।

आजै हुने अर्को खेलमा पुलिस र संकटाविरुद्व मैदान उत्रदै गर्दा नेपाल पुलिस क्लबले दुई खेलाडी गुमाउने छ । उसका स्ट्राइकर सुमन लामा र मिडफिल्डर हेम तामाङ घाइते रहेका छन् । 

तर भरपर्दा कप्तान तथा मिडफिल्डर भोला सिलवाल फर्ममा देखिनु पुलिसका लागि फाइदाजनक हो । पुलिस ३ खेलमा जित, एक हार र एक बराबरीको नतिजामा छ । संकटा एक खेलमा पराजित हुँदा ४ खेलमा जित निकालेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।