मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अघि बढेन गेटा विमानस्थल विस्तारको योजना, मुआब्जा दिन नसक्दा रोकियो काम

अघि बढेन गेटा विमानस्थल विस्तारको योजना, मुआब्जा दिन नसक्दा रोकियो काम

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

कैलाली- धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन। विसं २०७८ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो।

National life

दुई वर्षअघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित एक अर्ब रूपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न दुई सय ५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने योजना बनाइएको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए। उनका अनुसार हालसम्म विमानस्थल विस्तारको कुनै काम अगाडि बढेको छैन।

विमानस्थल प्रमुख सिंहले सरकारले चालु आर्थिक वर्षमा गेटा विमानस्थल विस्तार गर्न बजेट विनियोजन नगरेको जानकारी दिए। उनका अनुसार तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगर अध्यक्ष रहेको उड्डयायन प्राधिकरण बोर्डले विसं २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो।

दुई वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयवासीको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको भए पनि बजेटको सुनिश्चितता नहुँदा जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ।

'विमानस्थल विस्तारको काम अगाडि बढाउन जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ। मुआब्जा दिन नसक्दा सबै काम स्थगन गरिएको छ', विमानस्थल प्रमुख सिंहले भने। उनका अनुसार विसं २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरेको थियो।

Laxmi sunrise bank
kumari

करिब ४५ मिटर चौडाइको दुई हजार पाँच सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन, उद्धार तथा चक्रपथसहितका पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ।   -रासस

प्रकाशित: Dec 31, 2023| 18:41 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्