बिहीबार, भदौ १२, २०८२

रुकुमपश्चिमका २० हजार लाभग्राहीले पाए पहिलो किस्ता

 |  आइतबार, पुस १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

vianetvianet

त्रिवेणी- गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।

Kumaribank

जिल्लाका छवटै स्थायीय तहमा गरेर हालसम्म १९ हजार सात सय १७ लाभग्राहीले पहिलो किस्ताबापतको २५ हजार रूपैयाँका दरले रकम प्राप्त गरेका हुन्। जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार छ सय आठ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइए पनि स्थायीय विपद् न्यूनीकरण कोषबाट १९ हजार सात सय १७ लाभग्राहीले रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।

उनका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीले रकम प्राप्त गर्दा बाँफीकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन्।

त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार नौ सय ३८, मुसिकोट नगरपालिकामा दुई सय ११, सानीभेरी गाउँपालिकामा चार हजार चार सय ९९ र त्रिवेणी गाउँपालिकाका दुई हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापतको २५ हजार रूपैयाँका दरले ४९ करोड २९ लाख २५ हजार रूपैयाँ पाप्त गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ५९ करोड दुई लाख रूपैयाँ रकम स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ। जिल्ला विपद् व्यस्थापन कोषबाट पठाइएको पहिलो किस्ताबापतको रकम अझै तीन हजार ९१ लाभग्राहीले पाउन बाँकी छ। जिल्लाभर हालसम्म २६ हजार आठ सय पाँच लाभग्राहीको प्रहरी लगत संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Metro Mart

प्रकाशित: Dec 31, 2023| 22:25 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्