मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो [सूचीसहित]

साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो [सूचीसहित]

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

काठमाडौं- साउदी अरेबियाको एक कम्पनीले नेपाली श्रमिकलाई बाँकी तलब र सुविधा लिन बोलाएको छ। मोहमद अल मोजिल कम्पनीले तलबका लागि नेपालीलाई बोलाएको हो। उक्त कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको थियो।

National life

५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ। कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूची सार्वजनिक गर्दै कम्पनीले उनीहरुलाई बोलाएको हो।

कम्पनीले नेपाली कामदारसँग सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ। दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।

प्रकाशित: Dec 31, 2023| 16:03 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्