मंगलबार, पुस १, २०८२

मातातीर्थ र फाखेल-फर्पिङ सडक दुई महिना बन्द हुने

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ।

National life

कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि (पुस १६ गते बिहान)देखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ।

उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ। यातायातका साधनका लागि हेटौंडा-भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंले जानकारी दिए। उनका अनुसार भोलि बिहानदेखि वैकल्पिक मार्गका रुपमा हेटौंडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुनेछन्।

वैकल्पिक सडकका रुपमा काठमाडौंको चापागाउँ हुँदै कान्ति लोकपथबाट हेटौंडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।

प्रकाशित: Dec 31, 2023| 12:52 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्