मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा प्रदर्शन, जनजीवन ठप्प

बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा प्रदर्शन, जनजीवन ठप्प

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

काठमाडौं- गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवक मारिएको घटनालाई लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।

National life

प्रदर्शनकारीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण सुर्खेतको जनजीवन प्रभावित बनेको छ।

वीरेन्द्रनगरका सबै गतिविधि ठप्प भएका छन्। सवारीसाधन पनि चलेका छैनन्। प्रदर्शनकारीहरुले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता माग राख्दै प्रदर्शन गरिरहेका छन्।

शुक्रबार बालकुमारीमा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाह छन्। उनीहरूको परिवारलाई सरकारले १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 31, 2023| 12:36 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्