मंगलबार, पुस १, २०८२

रवीन्द्र केसीको पुस्तक 'सम्बन्धको दोबाटो' सार्वजनिक

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

काठमाडौं- प्रहरी नायब महानिरीक्षक एवं कथाकार रवीन्द्र केसीको कथा कृति ‘सम्बन्धको दोबाटो’ एक समारोहबीच सार्वजनिक भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले कृति लोकार्पण गरेका हुन्।

National life

कृति सार्वजनिक गर्दै महानिरीक्षक कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्मीहरूबाट यसरी कृति आउनु खुसीको विषय भएको बताए।

कथाकार केसीले जीवनका विविध आयामहरू आफ्ना कथाहरूमा समेटिएको उल्लेख गरे ।

कार्यक्रममा ध्रुवचन्द्र गौतम, हरि अधिकारी, ज्ञानु अधिकारी, राजकुमार बानियालगायतले पनि बोलेका थिए। पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो।

प्रकाशित: Dec 31, 2023| 12:32 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्