एजेन्सी- महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा मुछिएका वेस्ट इन्डिजका ओपनर तथा विश्फोटक ब्याट्सम्यान क्रिस गेलले सफाइ पाएका छन् ।
अष्ट्रेलिया अदालतले सोमबार गेलको पक्षमा अन्तिम फैसला गर्दै सफाइ दिएको हो । उनलाई अदालतले आरोप लगाउने मिडिया फेयरफ्याक्सलाई ३ लाख डलर क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।
सन् २०१५ को विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी महिलाअगाडि कपडा खोलेको गम्भीर आरोप लगाउदै उक्त मिडियाले समाचार सम्प्रेषण गर्दै आएको थियो ।
निरन्तर समचार सम्पे्रषण गरेपछि गेलले सन् २०१६ उक्त मिडियाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । यता फेयरफ्याक्स मिडियाले भने अदालतको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४