शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

गण्डकी र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरोका कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Dec 31, 2023| 09:26 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्