एजेन्सी- सन् २०१८ को बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । मोड्रीचले बालोन डी’ओर अवार्ड आफ्नो फुटबल जिवनमा पहिलो पटक उचालेका हुन् ।
पेरिसमा भएको कार्यक्रममा मोड्रिचले पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी तथा युवा स्टार केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् । रोनाल्डो र मेस्सीले यसअघि समान ५-५ पटक बालोन डी’ओर जितेका थिए ।
मोड्रीचले विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन महत्वपुर्ण भुमिका खेलेका थिए । फाइनलमा फ्रान्ससँग पराजित भएपनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
३३ वर्षीय मोड्रीचले गत वर्षको लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो । पछिल्लो दुई वर्ष च्याम्पियन्स लिग विजेताको हकमा रोनाल्डोले बालोन डी’ओर उपाधि जितेका थिए ।
रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहे । पेरिस सेन्ट जर्मनका युवा स्टार एमबाप्पे चौथो स्थान रहँदा उनैले उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी पनि हात पारेका थिए ।
बार्सिलोना कप्तान लिओनेल मेसी पाँचौ स्थानमा रहँदा मोहमद सलाह छैटौं स्थानमा रहे । राफेल भाराने सातौं र इडेन हाजार्ड आठौं स्थानमा रहे । केभिन डि ब्रुएन नवौं र ह्यारी केनले दशौं स्थानमा रहदा नेयमार शीर्ष दशमा पनि पर्न सकेनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४