बुधबार, पुस २, २०८२

एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थबीच छुट सम्झौता

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०

एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रालि बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतासँगै कम्पनीका ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छ्रूट पाउने छन्।

National life

सम्झौता अन्तर्गत कम्पनीका ग्राहक,कार्ड प्रयोगकर्ता,कर्मचारीहरु तथा तिनका परिवारका सदस्यले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० वटा शाखाबाट समेत सर्जीकल प्रोसिजर,माइनर इन्भेष्टिगेसन(कर्मचारी मात्रै) र अप्टिकल्समा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्नेछन्।
 
यसका अतिरिक्त पहिलो पटक रजिष्ट्रेशन तथा ओपीडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअपसमेत नि : शुल्क पाउने उक्त सम्झौतामा उल्लेख छ।

उक्त अवसरमा कम्पनीका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति थियो।

कम्पनीले आफ्ना १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको बताएको छ। कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 30, 2023| 16:08 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्