बिहीबार, वैशाख २०, २०८१

माछापुच्छ्रे बैंकलाई दुई अवार्ड

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०

माछापुच्छ्रे बैंक लिमिटेडलाई भिसा इन्टरनेसनलले दुई विधाको अवार्डबाट सम्मानित गरेको छ। बैंकले भिसा इन्टरनेसनलबाट भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ अवार्ड प्राप्त गरेको हो।

triton college

माछापुच्छ्रे बैंक लिमिटेडलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अवार्ड दिइएको कम्पनीले जनाएको छ। माछापुच्छ्रे स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयाम थप गर्दै आफ्ना ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम प्रदान गर्दै आइरहेको छ।

बैंकले देशभर १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ एकाइ र २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित: Dec 30, 2023| 16:03 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्