बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको क्यूआर भुक्तानीमा १७ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकको क्यूआर भुक्तानीमा १७ प्रतिशत छुट

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा छुटको योजना ल्याएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।

National life

पुस १६ गतेदेखि सुरू हुने यो छुट योजना माघ १७ गतेसम्म लागू हुनेछ। बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने छ।

यसका साथै नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरि पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्मको छुट पाउनेछन्। क्यासब्याक योजना चाहिँ पुस १७ गते देखि २३ गतेसम्म लागू हुनेछ।

 

प्रकाशित: Dec 30, 2023| 16:02 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्