शनिबार, साउन ९, २०८३

आजका अखबार : ओलीले पाएको अवार्ड अवैधानिक !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् । 

कतिले विवादास्पद क्रिस्चियन संस्थाबाट प्रधानमन्त्री केपीशर्मा ओलीले पाएको अवार्ड अवैधानिक भएको मुख्य समाचार बनाएका छन् भने कसैले नयाँ मदिरा उद्योग खोल्न प्रतिबन्ध लगाएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले प्रधानमन्त्री केपीशर्मा ओलीले यूनिभर्सल पिस फेडेरेसनको अवार्ड मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलासा गरेको गरेको छ । उसले यो अवार्ड पुरस्कार नभई सम्मेलन गराउन तीन दिन होटलमै बसेर सहयोग गरेकोमा बक्सिसजस्तो भएको उल्लेख गरेको छ ।

यस्तै कान्तिपुरले निर्मलाको फोटो जति च्यात्यो उति भाइरल बनिरहेको विषयलाई प्राथमिकताका साथ छापेको छ । 

आजको नागरिक दैनिकले भने नयाँ मदिरा उद्योगलाई रोक शीर्षकमा मुख्य समाचार छापेको छ । गृहमन्त्रालयले तयार पारेको मदिरा निन्त्रण तथा नियमन आदेशले मदिराको नयाँ उद्योग दार्तामा रोक लगाएको छ ।

गाउँपालिकाको एउटा वडामा एउटामात्रै मदिरा विक्रि केन्द्र र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडामा दुईवटासम्म मदिरा पसल खोल्न अनुमति दिने व्यवस्था नियममा गरिएको समाचारमा उल्लेख छ । 

यस्तै अदालती आदेशको हलचल शीर्षकमा नागरिकले खबर लेखेको छ । सर्वोच्च अदालतले २०७४ असोज २ गते दिएको एउटा आदेशले काठमाडौंको सडक विस्तारमा नै ब्रेक लगाएको छ ।

'नागरिककको नीजि सम्पति निजको स्वेच्छा बाहेक सरकारले प्राप्त गर्दा जग्गा प्राप्ति ऐनले तोकेको प्रक्रिया पुरा गरि मुआब्जा वा क्षतिपूर्ति प्रदान गर्नु' भन्ने आदेशले नागढुङ्गा त्रिपुरेश्वरलगायतका धेरै सडकविस्तार रोकिएको समाचारमा उल्लेख छ । 

आजको नयाँ पत्रिकाले भने विवादास्पद क्रिस्चियन संस्थाले नेपालमा सहजै कार्यक्रम गर्न सक्नु पछाडी नेकपाका नेता माधव नेपालको सक्रियता र आन्तरिक दौडधुपले काम गरेको खुलासा गरेको छ । नेता नेपालले नै प्रधानमन्त्री ओलीलाई मनाउने काम गरेका थिए ।

यसमा यूनिभर्सल पिस फेडेरेसनका नेपाल अध्यक्ष एकनाथ ढकालले यो कार्यक्रम गर्नका लागि सत्तारुढ दलका नेताहरुलाई अनेकन हत्कन्डा अपनाएका थिए । उनी अब अर्को सम्मेलनको तयारी जुटेको बताउन थालेका छन् । यो कार्यक्रमको क्रिस्चियनहरुले नै विरोध गर्न थालेको नयाँ पत्रिकाले लेखेको छ। 

अाजका अन्नपूर्ण पोस्ट्ले भने अड्डामा अन्नपूर्ण अभियान अन्तर्गत मालपोतमा सेवाग्रहीले पाएने सास्ति र मालामाल बन्ने गरेका कर्मचारीका विषयमा लेखेको छ । यस्तै नेपालमा विस्फोटक पदार्थमा समेत सिन्डिकेट गरेको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।