सोमबार, वैशाख २४, २०८१

आर्थिक वृद्धिदर ६ प्रतिशत हुन्छ: अर्थमन्त्री महत

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन्।

triton college

भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए।

उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पारे। मन्त्री महतले रातो किताबमा तोकिएको भन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे।

समाजका अध्यक्ष नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाजकल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री महतलाई अवगत गराए।

२०६० असोज ८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजारभन्दा बढी पाठक आउने गरेका छन्। यसका दुई हजार चार सय वार्षिक सदस्य रहेका छन्। समाजले २०६२ सालदेखि पुस्तकालय सञ्चालन गरेको हो। पुस्तकालयमा हालसम्म ३७ हजार छ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार तीन सय ५१ पुस्तक खरिद गरिएका समाजले जनाएको छ।
 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 29, 2023| 14:05 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्