शुक्रबार, भदौ १९, २०८३

सुनको भाउ तोलामा १३ सय बढ्यो

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको पनि मूल्य घटाएको छ। बिहीबार एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबार एक हजार ४९० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ४५ रुपैयाँले घटेर एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Dec 29, 2023| 11:51 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्