मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कुलमानमाथि जनार्दनको आक्रोश- फर्जी बिल काटेर उद्योगीसँग पैसा लिन मिल्दैन

कुलमानमाथि जनार्दनको आक्रोश- फर्जी बिल काटेर उद्योगीसँग पैसा लिन मिल्दैन

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

काठमाडौं- पूर्व उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले डेडिकेटेड फिडरको विषयमा उत्पन्न विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि आक्रोश पोखेका छन्।

National life

पूर्व अर्थमन्त्री समेत रहेका शर्माले फर्जी बिलको विषयमा प्राधिकरणले स्पष्ट पार्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा कुलमानविरुद्ध खनिदै उनले विद्युत खपत बढाउनुपर्ने बेलामा उद्योगको बिजुली काट्नु ठिक नभएको उल्लेख गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगको बिजुली काट्न निर्देशन दिएसँगै प्राधिकरणले विद्युत अवरोध गरेको थियो। 

शर्माले फेसबुकमा लेखेका छन्ः

'देशलाई औद्योगिकीकरण गर्दै विद्युत खपत बढाउने काम गर्नुपर्ने बेला, उद्योगमा बिद्युत लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण छ। यसबारे कुरा स्पष्ट छ, प्रयोग गरेको बिजुलीको बिल तिर्नुपर्छ, प्रयोग नगरेको तिर्नुपर्दैन। प्राधिकरणले फर्जी बिल काटेको भन्ने आरोपको खण्डन गर्न सक्नुपर्छ। TOD मिटरमा रेकर्ड नभएको बिल बनाइ, नभएको आम्दानीको आत्मरतिमा रमाउनु गलत हो।

उद्योगको लाइन काटेर महिनौंसम्म छलफल, बहस, अड्डा अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापाता लगायतका सामग्रीको उत्पादन बन्द हुदाँ उद्योगीलाई मात्र हैन देशलाई नै घाटा हुन्छ। तत्काल TOD मिटरको रेकर्ड सार्वजनिक गरियोस् , त्यसले नै तिर्नु पर्ने र नपर्ने कुराको छिनोफानो गर्छ औद्योगिकीकरणका लागी सबैले आफू सक्दो प्रोत्साहन गरौँ, नसके निरुत्साहन नगरौँ।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 28, 2023| 18:50 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्