बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली आक्रमणमा मारिएका इरानी गार्डका कमाण्डरको अन्त्येष्टिमा हजारौँ इरानीको सहभागिता

इजरायली आक्रमणमा मारिएका इरानी गार्डका कमाण्डरको अन्त्येष्टिमा हजारौँ इरानीको सहभागिता

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

तेहरान- इरानको राजधानी तेहरानले इजरायली आक्रमणमा मारिएको तीन दिनपछि रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर राजी मौसावीको अन्त्येष्टिका लागि बिहीबार हजारौंको भीड लागेको छ।

triton college

तेहरानको केन्द्रीय इमाम हुसेन मार्गमा भीडले इजरायल र अमेरिका विरोधी नारा लगाएका थिए। इजरायलले लामो समयदेखि इरान र उसका सहयोगीहरूविरुद्ध हत्या र विध्वंसको छायाँ युद्ध लडेको छ, तर सिरियामा मौसावीको हत्या अक्टोबरको सुरुदेखि इजरायल–हमास द्वन्द्वलाई लिएर तीव्र रूपमा बढेको क्षेत्रीय तनावको समयमा भएको छ।

सिरियाको राजधानी दमास्कस नजिकै इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सको विदेशमामिला हेर्ने विभागका वरिष्ठ कमाण्डर मौसवीको सोमबार इजरायली क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

युद्धग्रस्त सिरियामा हालैका वर्षहरूमा इरानसँग सम्बन्धित लक्ष्यहरूमा सयौं आक्रमणहरू गरेको इजरायली सेनाले विदेशी सञ्चारमाध्यममा यससम्बन्धमा कुनै टिप्पणी नगर्ने बताएको छ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले बिहीबार मौसावीको परिवारसँग भेट गरी मारिएका जनरलको पार्थिव शरीर अघि उभिएर प्रार्थना गरी अन्तिम सम्मान प्रकट गरेका थिए। 

corrent noodles
Metro Mart

शोकाकुलमध्ये धेरैले इजरायललाई सङ्केत गर्ने ‘म तिम्रो प्रतिद्वन्द्वी हुँ’ भन्ने सन्देश अङ्कित पहेँलो झन्डा फहराइरहेका थिए। गार्डका प्रमुख होसेन सलामीले मौसावीलाई मध्यपूर्वमा तेहरानसम्बद्ध सशस्त्र समूह ‘एक्सिस अफ रेजिस्टेन्स’मा सबैभन्दा अनुभवी र प्रभावकारी आईआरजीसी कमान्डरमध्ये एकका रूपमा प्रशंसा गरे। 

सलामीले सन् २०२० मा बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा कुद फोर्सका पूर्व कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि मौसावीको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए। सुलेमानीले एक दशकभन्दा बढी समयदेखि गार्ड्सको विदेशी कारबाही सञ्चालन गर्दै आएका थिए। 

गत अक्टोबर ७ मा प्यालेस्टिनी हमास लडाकू समूहले एक्कासी गरेको आक्रमणमा ‘इरानी भूमिका’ देखाउँदै आरोपमा इजरायलले जनरलको हत्या गरेको हुन सक्ने सरिफको भनाइ छ।

इजरायलको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार उक्त आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई बन्धक बनाइएको थियो।

इजरायलले गाजामा निरन्तर बमबारी, घेराबन्दी र स्थलआक्रमण गरी कम्तीमा २१ हजार ११० जनाको ज्यान लिएको गाजास्थित हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आर्थिक र सैन्य रूपमा हमासलाई समर्थन गर्ने इरानले यस घातक आक्रमणलाई ‘सफलता’ को रूपमा प्रशंसा गरेको छ तर प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ।

प्रकाशित: Dec 28, 2023| 19:20 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्