शुक्रबार, भदौ १९, २०८३

ईयूका पूर्वप्रमुख डेलोर्सको ९८ वर्षको उमेरमा निधन

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

ब्रसेल्स- युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापनाकर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको छ।

परिवारिक स्रोतका अनुसार पेरिसमा आफ्नै घरमा राति सुतिरहेको अवस्थामा मृत्यु भएको हो। डेलर्सले  सन् १९८५÷०९४ को अन्त्यसम्म तीन कार्यकालका लागि युरोपेली आयोगको अध्यक्षको रूपमा सेवा गरेका थिए। 

युरोपेली आयोग प्रमुखको रूपमा डेलोर्सको कार्यकालको दशकमा ईयूले आफ्नो एकीकृत एकल बजार प्रवद्र्धन गर्दै एकल मुद्रा यूरो लागू गरेको थियो। 

फ्रान्सेली राजनीतिको एक प्रमुख व्यक्तित्व, डेलोर्सले सन् १९८१ देखि सन् १९८४ सम्म राष्ट्रपति फ्रान्कोइस मिटर्रान्डको नेतृत्वमा अर्थमन्त्रीको रूपमा पनि काम गरेका थिए।  

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ईयूका पूर्व नेतालाई यूरोपको अतुलनीय वास्तुकार र मानव न्यायका लागि लडाकूको रूपमा सम्झँदै उहाँप्रति अन्तिम सम्मान व्यक्त गरेका छन्। 

प्रकाशित: Dec 28, 2023| 17:40 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्