बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इराकी समूहद्वारा इजरायलको गोलान हाइट्समा ड्रोनमाथि आक्रमण 

इराकी समूहद्वारा इजरायलको गोलान हाइट्समा ड्रोनमाथि आक्रमण 

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

तेलअभिभ- इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोनमा आक्रमण भएको जनाएको छ। आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ। 

triton college

इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो। 

इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इराकले वक्तव्य जारी गर्दै एलियाडको दक्षिणमा रहेको ‘महत्वपूर्ण लक्ष्य’ मा ‘उपयुक्त हतियार’ प्रहार गरेको जनाएको छ।

इजरायलले अक्टोबर ७ मा एक हजार १४० जनाको ज्यान जाने गरी भएको रक्तपातपूर्ण आक्रमणको बदलामा हमासलाई नष्ट गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार इजरायलको बमबारी र स्थलआक्रमणमा परी कम्तीमा २१ हजार ११० जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन्।

corrent noodles
Metro Mart

गाजामा युद्ध सुरु भएदेखि इराकमा इस्लामिक रेजिस्टेन्सले इराक र सिरियामा अमेरिकी र अन्तर्राष्ट्रिय गठबन्धन सेनाविरुद्ध भएका थुप्रै आक्रमणको जिम्मेवारी लिएको छ।

वासिङ्टनले अक्टोबर १७ यता इराक र सिरियामा आफ्ना सेनाविरुद्ध १०३ वटा आक्रमण गरेको अमेरिकी सेनाका एक अधिकारीले बताएका छन्।

तीमध्ये अधिकांश आक्रमणको जिम्मेवारी इराकमा इस्लामिक रेजिस्टेन्सका समूहले लिएका छन्। उक्त समूहले हमासविरुद्धको युद्धमा इजरायललाई अमेरिकी समर्थनको विरोध गरेको छ। यस समूहले अहिलेसम्म इजरायली हितविरुद्ध प्रत्यक्ष आक्रमणको दाबी गरेको छ।

इजरायलले सन् १९६७ को अरब–इजरायल युद्धमा सिरियाबाट गोलान हाइट्सको केही भाग जितेको थियो भने सन् १९८१ मा उक्त क्षेत्र कब्जा गरेको थियो। उक्त क्षेत्रमा युद्ध गरेका ती मुलुकबचि युद्धविराम गर्दै शान्तिका लागि सम्झौता गरेका थिए। यद्यपि, यो सम्झौतालाई संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको छैन।

प्रकाशित: Dec 28, 2023| 19:00 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्