शनिबार, साउन ९, २०८३

सिके राउतको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सर्वोच्च अदालतले राज्यविरुद्धको संगठित कसुर मुद्दामा पक्राउ परेका सिके राउत (चन्द्रकान्त) को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ। 

न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज राउतसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो। न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘राउतविरुद्ध रौतहट जिल्लामा दर्ता भई विचाराधीन रहेको राज्यविरुद्धको सङ्गठित कसुर अपराधको मुद्दामा बयानका लागि उपस्थित गराउनु।’सर्वोच्च अदालतले राउतलाई थप बयानका लागि रौतहट नै पठाएको छ। 

स्वतन्त्र मेधशका विषयमा राज्यविरुद्धका वक्तव्य दिएको भन्दै प्रहरीले पक्राउ गरी राउतविरुद्ध रौतहटमा मुद्दा चलाएको थियो। 

सोही क्रममा राउतले धरौटी वा साधारण तारेखमा थुनामुक्त गर्न माग गर्दै गत कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।