शनिबार, साउन ९, २०८३

प्रशंसनीय खोज सम्मेलनको तयारी पुरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा-  मंगलबारदेखी भैरहवामा हुने प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलनको तयारी पुरा भएको छ।

तीन दिनसम्म चल्ने सम्मेलनको विभिन्न सत्रमा राष्ट्रिय रुपमै ख्याती प्राप्त व्यक्तिले सम्बोधन गर्नेगरी कार्यक्रमको तयारी पुरा गरिएको आयोजक संस्था परिकल्पना नेपालका अध्यक्ष रमेश कुमार अधिकारीले बताए। 

समाजमा बढ्दै गएको नकारात्मक प्रवृति , सोंच र चिन्तनलाई परिवर्तन गर्दै सकारात्मक शैली, आचरण विकास गर्ने उद्देश्येले सम्मेलनको पहिलो दिनको उद्घाटनसत्रमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र  डेभिड कोपीराईडर सेन्टर, अमेरिकाका निर्देशक प्राध्यापक लिन्डसी गुडवीनले कार्यपत्र प्रस्तुत गर्नेछन्।

दोस्रो दिन संघीय प्रणाली अर्न्तगत सुरक्षा, न्याय र विकासकालागि शासकीय रुपान्तरणको विषयमा नेपाल सरकारका पुर्व मुख्य सचिव दामोदर गौतम र तेस्रो दिन जनताको फाइदाकोलागी संगठानात्मक रुपान्तरण विषयमा नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसींगले कार्यपत्र प्रस्तुत गर्नेगरी तयारी थालिएको छ।

बुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वारबाट शूरुवात हुने अभियानले देशका सबै नागरिकमा सकारात्मक चिन्तन ,सोच, आचरण र शैलीको विकास गर्नमा भूमिका खेल्ने आयोजकको दाबी छ ।

कार्यक्रममा विभिन्न सत्रका सहभागीतामूलक कार्यक्रम रहेका छन्। जस अनुसार समृद्धिकोलागी राजनीतिक प्रतिबद्धता विषयक् कार्यशाला समेत सम्पन्न हुने जनाईएको छ। डा सरोज धितालले सहजीकरण गर्ने उक्त कार्यशालामा नेकपाका नेता डा विजय पौडेल, कांग्रेसका नेता डा गोविन्द पोखरेल र राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला मुख्य वक्ताको रुपमा रहेका छन्।

यसैगरी प्यानल छलफलमा सास्कृतिक विविधता विषयक कार्यशालामा दर्शनशास्त्री भोला योगी, सामाजिक रुपान्तरण सम्बन्धमा दिलीप धितालको प्रस्तुती रहनेछ । यसैगरी ईन्दिरा अर्याल, डा दधि अधिकारी, डा गणपति ओझा, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ र डा धुव्र आचर्यले पनि छलफलमा वक्ताको रुपमा रहने आयोजकले जनाए।

सम्मेलनमा  प्रदेश नम्बर ५ का १ सय ९ वटा स्थानिय सरकारका प्रमुख तथा प्रतिनिधी , राजनीतिक दलका नेताहरु, जनप्रतिनिधी, सरकारी कर्मचारी, शैक्षिक व्यक्तित्व, उद्यमी, व्यवसायी, पत्रकार, नागरिक अगुवाहरु सहभागी हुने सम्मेलन सचिवालय संयोजक निर्जला भट्टराईले जनाइन्।

तीन दिनको १२ वटा सत्रमा सम्पन्न हुने उक्त सम्मेलनमा भाग लिन इच्छुकलाइ शसुल्क व्यस्था गरिएको र छानिएका व्यक्तिमात्रै सहभागी हुने आयोजकले जनाएको छ।

परिकल्पना नेपाल सकारात्मक अभियानमा क्रियाशिल अभियन्ताहरुको स्वयंसेवी संस्था हो। यसले सन् २००१ देखि प्रशंसनीय खोजको अभियान चलाउँदै आएको छ। कार्यक्रममा २ सय जना सहभागी अपेक्षा गरिएकोमा त्यो भन्दा बढी उत्साहजनक सहभागीता रहने आयोजकले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।