काठमाडौं- पार्टीभित्र चर्को दबाबपछि नेकपाले सोमबार प्रदेश कमिटीको नामवली सार्वजनिक गरेको छ। पार्टी भित्र विवाद भएकोले लामो समयदेखि प्रदेश कमिटीको नामावली सार्वजनिक भएको थिएन।
प्रदेश कमिटीको नामावली प्रकाशन भए पनि असन्तुष्टी भने कायमै छ। पार्टीको स्थायी समितिले निर्णय नगरी सार्वजनिक गरेको भन्दै थप असन्तुष्टि बढेको छ।
नामावली प्रक्रिया नपुर्यार्इ सार्वजनिक गरेको भन्दै सो पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतमलगायत असन्तुष्ट रहेको एक नेताले बताए।
सूची
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४