सोमबार, मंसिर १, २०८२

अभिनेत्री रेखा थापासहित सात स्रष्टा सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – राजधानीमा सोमबार अभिनेत्री रेखा थापासहित पाँच स्रष्टा सम्मानित भएका छन्। नेपाली चलचित्र क्षेत्रमा योगदान पु-याएका एवम् साधनारत स्रष्टाहरुलाई परिवर्तन नेपालले सम्मान गरेको हो।

परिवर्तन नेपालले २५ हजार धनराशिको हरितारा चलचित्र पुरस्कार क्रमशः ०७४/७५ वरिष्ठ अभिनेता लय संग्रौला र अभिनेत्री रेखा थापालाई प्रदान गरेको छ। यस्तै दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कारबाट क्रमशः ०७४/७५ अभिनेता उत्तम केसी र सञ्चारकर्मी बिजयरत्न तुलाधर, परिवर्तन सम्मानबाट ०७५ अभिनेता/निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री÷साहित्यकार शोभिता सिम्खडा सम्मानित भएका छन्।

हरितारा चलचित्र पुरस्कार निजी क्षेत्रबाट २०५२ सालमा स्व. विजया राणा (तारा रानी) ले स्थापना गरेकी हुन्। उनले आफ्ना पति हरिशमशेर जबरा र आफ्नो नामबाट स्थापना गरेकी थिइन्।

अहिले उक्त पुरस्कारको संरक्षण एवम् प्रवद्र्धन स्व. विजयाका छोरा एवम् कलाकार मोहन निरौलाले गरिरहेका छन्। उनी परिवर्तन नेपालका अध्यक्ष हुनुका साथै हरितारा चलचित्र पुरस्कार कोषका सदस्यसचिव छन्।

सम्मानित स्रस्टालाई बधाई दिँदै वरिष्ठ कलाकार वसुन्धरा भुसालले आयोजकले सबै विधाका व्यक्तिलाई समेटेर सम्मान गरेकोमा खुसी व्यक्त गरिन्। उनले अहिले सम्मानका लागि पार्टीबाट, विभिन्न शक्तिबाट सिफारिस आउने वा आफैं पुरस्कार माग्ने गरिएको स्मरण गर्दै परिवर्तन नेपालले सबै विद्याका स्रष्टाको खोजी गरी सम्मान गरेकोमा वास्तविक चलचित्र जगत्को सम्मान भएको आभास भएको बताइन्।

यस्तै सम्मानित स्रष्टा लय संग्रौलाले कला क्षेत्रमा इमानदारीपूर्वक लागेकाले सम्मान पाउँदा खुसी तुल्याएको बताए। यस्तै प्रदेश २ सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई सघाइरहेकी अभिनेत्री रेखा थापाले आफू महिला सशक्तीकरण पक्षमा रहेको र यो सम्मानले त्यो क्षेत्रमा लाग्न थप बल पुग्ने बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्