काठमाडौं- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै पोस्टर टाँस्नेहरुलार्इ पक्राउ र टाँसिएका पोस्टरहरु च्यात्न थालेपछि अभियानकर्मीहरुले नयाँ रुपमा पोस्टर टाँस्ने अभियान थालेका छन्।
बिहीबारदेखी राजधानीमा पोस्टर टाँस्न सुरु गरेका युवाहरुले सोमबार बसपार्क पुगेर उपत्यकाबाट बाहिरिने गाडीहरुमा पोस्टर टाँसेका छन्। काठमाडौंका पोलहरुमा निर्मलाको न्यायको माग गर्दै सरकार भेटियो, न्याय भेटिएनु लेखिएका पोस्टरहरु सरकारले च्यात्न थालेपछि बसमा टाँस्न थालिएको हो।
उनीहरुले उपत्यकाबाट बाहिरिने गाडीहरुमा पोस्टर टाँस्दा पूर्व मेचीदेखि पश्चिमसम्म नै जाने र सरकारलार्इ दबाब पर्ने भएकोले यस्तो गरिएको बताए। अब सरकारले कहाँ-कहाँ च्यात्नेभन्दै निर्मलाको न्यायका पोस्टहरु टाँसिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...