शनिबार, साउन ९, २०८३

कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरस्थित रारा बहुमुखी क्याम्पसका प्रमुख कार्यकक्षमै थुनिएका छन् । क्याम्पसको पठनपाठन सुधार गर्नतर्फ चासो नदेखाएको भन्दै नेविसंघका कार्यकर्ताले क्याम्पस प्रमुख डा. विजयकुमार लाललाई कार्यकक्षमै थुनेका हुन्।

प्रशासकीय कमजोरीका कारण क्याम्पस धराशयी बन्दै गएको आरोप नेवि संघले आरोप लगाएको छ । क्याम्पसको शैक्षिक अवस्था सुधार गर्न, नियमित कक्षा सञ्चालनको व्यवस्था मिलाउनलगायतका माग राख्दै चार महिनाअघि ज्ञापनपत्र बुझाए पनि प्रमुख लालले चासो नदेखाएपछि बाध्य भएर कार्यकक्षमा थुन्नुपरेको नेविसंघ धनुषाका सभापति सुजित मिश्रले बताए।

क्याम्पसमा नियमित पठनपाठन नहुँदा विद्यार्थीहरुको भविष्य अन्योलमा परे पनि समस्या सामाधान गर्न प्रमुखले गम्भीरता देखाउन नसकेको विद्यार्थीको आरोप छ। प्राध्यापकहरु क्याम्पस नआउने, सम्बन्धित विषयका प्राध्यापकहरूको अभाव र कार्यरत अधिकांश प्राध्यापक निजी शैक्षिक संस्थामा व्यस्त रहेपनि क्याम्पस प्रशासनले सामाधान निकाल्न नसकेको विद्यार्थी बताउँछन्।

क्याम्पस नियमित रुपमा सञ्चालनमा रहे पनि क्याम्पस प्रमुख लालले पठनपाठन व्यवस्थित गर्नतर्फ ध्यान नदिएको नेविसंघ आबद्ध विद्यार्थीहरुको आरोप छ ।
विगत केही वर्षअघिसम्म हजारौंको संख्यामा विद्यार्थी अध्ययन गर्ने गरेको रारा बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर खस्किदै गएपछि विद्यार्थीको संख्या पातलिँदै गएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।