शनिबार, साउन ९, २०८३

कैलालीमा मोटरसाइकल दुर्घटना, ३ युवाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–७ खैरीमा अाइतबार राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो । 

उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले बताए ।

मोटरसाइकल चालक पवन पाण्डेको हात भाच्चिएको छ उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डल्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ । मोटरसाइकल चालक पवनका जिवानन्द मामा र विष्णु भिनाजु रहेको पारिवारिक श्रोतले जनाएको छ । 

यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दिपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाईते भई उपचारका लागि कोहलपुर रेफर भएकोमा उनको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भएको छ ।

मृतक जिवानन्द र विष्णुको शब टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।