शनिबार, भदौ २०, २०८३

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो। आज सरकारले ६ सय ३५ रुपैयाँ कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन्। आजको बैठकमा मुख्य सचिव वैकुण्ठ अर्यालले कार्य सम्पादनका क्रममा प्रक्रिया, इच्छाशक्ति, ऐन–कानुन र विधिमा देखिएका समस्या र सुधार गर्नुपर्ने कुराहरूबारे प्रस्तुति दिएका थिए।

प्रकाशित: Dec 20, 2023| 13:19 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्