मंगलबार, पुस १, २०८२

सेयर कारोबारमा उछाल, आधा घण्टामै एक अर्बको किनबेच

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- सेयर बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको छ। आज बुधबार बजार खुलेको ३० मिनेटमै १ अर्ब आठ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

National life

चालु मौद्रिक नीतिको पहिलो समीक्षामार्फत राष्ट्र बैंकले केही खुकुलो नीतिगत व्यवस्था गरेपछिका ११ दिनमा सेयर बजार परिसूचक २५४ अंकले बढिसकेको छ। यही अवधिमा बजार सेयर बजार पुँजीकरण ४ खर्ब रुपैयाँले बढेको छ।

लामो समयदेखि सेयर बजार एक हजार ८ सयदेखि २ हजारबीचको सेरोफेरोमा चलिरहेको थियो। मौद्रिक नीति केही खुकुलो बनाएपछि भने छोटो समयमा नै परिसूचकले २१ सय पार गरेको छ।

मौद्रिक नीतिको समीक्षाअघि मंसिर २१ मा नेप्से परिसूचक १८५२ मा थियो। त्यसयता एक दिन सामान्य गिरावटबाहेक अन्य सबै दिन बजारमा हरियाली छाएको छ। फलस्वरुप बजार मंगलबारसम्म २ हजार १ सयभन्दा माथि पुगेको छ। त्यसमा पनि पुस १ देखि तीन दिन बजार उच्च दरले बढ्दा परिसूचक २१०६ विन्दुमा आएको हो। यो ११ दिनमा २५४ अंकको बढोत्तरी हो।

सेयर बजारसँगै कारोबार रकममा वृद्धि भएका कारण सेयर बजार पुँजीकरण पनि बढेको छ। मौद्रिक नीतिको समीक्षा आउनुअघि मंसिर २१ मा सेयर बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब रुपैयाँ थियो। पुस तीन मंगलबार भने पुँजीकरण ३२ खर्ब ६१ अर्ब पुगेको हो। यो ११ दिनमा ३ खर्ब ९९ अर्ब रुपैयाँ बढेको छ।

Laxmi sunrise bank
kumari

केन्द्रीय बैंकले गत मंसिर २२ मा मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजारसम्बन्धी केही नीतिलाई लचक बनाएको थियो। समीक्षामार्फत राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ। यस्तै, ५० लाखसम्मको सेयर धितो कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरेको राष्ट्र बैंकले सोभन्दा माथिको कर्जामा पनि जोखिम भार घटाएपछि लगानीकर्तामा उत्साह छाएको छ।

करिब साढे २ वर्षसम्म नीतिगत कठिनाइका कारण खुम्चिएका सेयर लगानीकर्ता नीति खुकुलो हुनेबित्तिकै पुनः लगानी गर्न होमिएका छन्। यसकारण पुँजी बजार पुनः लयमा फर्किएको छ। पछिल्ला दिनमा परिसूचक मात्र बढेको छैन, दैनिक कारोबार रकम पनि बढेको छ।

प्रकाशित: Dec 20, 2023| 12:03 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्