काठमाडौं-निर्मलाको न्याय माग्दै काठमाडौंमा टाँसिएका तस्बिरलाई रातारात प्रहरी प्रशासनले हटाए युवा सडकमा निस्केर सोधेका छन्, ‘निर्मलालाई न्याय खै?’ निर्मलाको पक्षमा न्याय माग्दै नागरिक प्रदर्शन राजधानीमा थप सशक्त हुँदैछ।
बसन्तपुरमा आइतबार निर्मलालाई न्याय माग्दै नागरिक स्तरबाट स्वतन्त्र प्रदर्शन भयो। प्रदर्शनमा युवादेखि वृद्धसम्मका सर्वसाधारण सहभागी थिए।
उनीहरुले निर्मलालाई न्याय खै, प्रहरीको काम प्रमाण जुटाउने की मेटाउने, म निर्मला, प्रधानमन्त्रीविरुद्ध बोल्दा एक दिनमै जेल, बलात्कारी लुकाउन सयौं दिन जालझेललगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरुले निधारमा म निर्मला लेखेको कालो पट्टी बाधेका थिए भने हातमा तराजु बोकेका थिए।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४