शनिबार, साउन ९, २०८३

पुनर्वहाली गर्न सरकारलार्इ विष्ट र भट्टको निवेदन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका दुई प्रहरी अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन्।

सरकारले पन्तको घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त गरेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टले मन्त्रिपरिषद्‍मा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन्। 

मन्त्रिपरिषदको निर्णय भएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने प्रावधान छ। सोही प्रावधान अनुरुप उनीहरुले पुनर्वहालिको माग गरेका हुन्। स्रोतका अनुसार मन्त्रिपरिषद्‍बाट उनीहरुको निवेदन अस्वीकृत भए सर्वोच्च अदालत जाने तयारी गरेका छन्। 

उनीहरुलाई भविष्यमा सरकारी सेवामा योग्य हुने गरी सेवाबाट बर्खास्त गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।