मंगलबार, पुस १, २०८२

नबिल स्टक डिलरको औपचारिक कारोबार सुरु

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

नबिल बैंकअन्तर्गतको स्टक डिलरले औपचारिक कारोबार सुरु गरेको छ। कम्पनीले भदौसम्म नबिल सेक्युरिटिजको ब्रोकरेज सेवा दिइरहेकोमा नाम परिवर्तन गरेर नबिल स्टक डिलरका रूपमा काम थालेको हो।स्टक डिलरको औपचारिक सुरुवात गर्दै डिलरका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले चाँडै नै लगानीकर्तालाई मार्जिन लेन्डिङको सुविधा दिन लागेको बताए।

National life

उनले भने, ‘केही प्राविधिक काम टुंगिएसँगै हामी लगानीकर्ताले मार्जिन लेन्डिङको सुविधामा दिने गरी तयारी थालेका छौँ।’ स्टक डिलरमार्फत ब्रोकरेज सेवा, पोर्टफोलियो म्यानेजमेन्ट, अन्डरराइटिङलगायतका सेवा प्रदान गरिने उनको भनाइ थियो। डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रूपमा सेवा दिने स्टक डिलरका अध्यक्ष नीरज गिरीले बताए।  उनले भने, ‘हामी पुराना ग्राहक तान्नेभन्दा पनि नयाँ ग्राहकको खोजीमा लाग्नेछाैँ।’

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले डिलरले नाफा कमाउन मात्रै काम नगर्ने र सेवाको गुणस्तरमा ध्यान दिने बताए। नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउने गरी काम गर्नेमा ढुक्क रहेको उनको भनाइ थियो। सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पछिल्लो समय लगानीकर्तामा बढ्दै गएको निराशालाई आशा बदल्नुपर्ने बताए। पहिले लगानीकर्तामा रहेको उत्साह पछिल्लो समय केही घट्दै गएको उनको भनाइ थियो। उनले भने, ‘बजारमा आएको निराशाले पुँजी बजारमा भित्रिनेको संख्या केही घटेको छ, यसलाई फर्काउन स्टक डिलरहरूले भूमिका खेलेको खण्डमा मात्र सम्भव छ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नबिल स्टक डिलरले लगानीकर्ताका लागि नयाँ आयाम थप्नेमा आशावादी रहेको बताए। उनले भने, ‘ठूलो पहलमा नबिल स्टक डिलरजस्ता कम्पनीहरू आएका छन्, यसले बजारलाई सहज लगानीमैत्री बनाउन प्रेरणा दिन्छ।’

नबिल स्टक डिलरले ७७ नम्वरबाट ब्रोकरेज सेवा दिन थालेको छ। नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएसँगै नबिल बैंकले स्टक डिलरका रूपमा कारोबार गर्ने अवसर पाएको हो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Dec 19, 2023| 15:30 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्