शनिबार, भदौ २०, २०८३

शिवम् सिमेन्टले १५ प्रतिशत लाभांश दिने

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

शिवम् सिमेन्टले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको सोमबार बिहान बसेको १२३ औं सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ।

पुस १८ गतेसम्म यो सेयर स्वामित्व हुनेले लाभांश पाउनेछन्। कम्पनीले पुस १९ गतेलाई बुक क्लोज मिति तोकेको छ। कम्पनीको साधारण सभाले यो प्रस्ताव पारित गरेमा लगानकर्ताहरूले लाभांश प्राप्त गर्नेछन्। साधारण सभाको मिति सार्वजनिक भइसकेको छैन।

प्रकाशित: Dec 19, 2023| 15:29 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्