शुक्रबार, वैशाख २१, २०८१

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले बिक्रीमा कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ।

triton college

सर्वसाधारणलाई छुट्याइएको १२ लाख कित्ता मध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको छ।

सर्वसाधारणले न्यूनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सक्नेछन्। सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने बैंकले जनाएको छ। ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिन छ।

 

प्रकाशित: Dec 19, 2023| 15:25 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्