सोमबार, असार १५, २०८३

सिटी एक्सप्रेसका विजेता घोषणा

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ।

National life

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङले सो उपहार पाएको कम्पनीले जनाएको छ। तामाङले आफूले पठाएको ५३ हजार ७५ रुपैयाँको १० गुणा गरेर पाँच लाख ३० हजार ७५०रुपैयाँ जित्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ सम्म सो अफर सञ्चालन गरेको हो। सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई एक लाख, हरेक हप्ता पाँच जनालाई २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही पाँच सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो।जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार, ४५ जनाले साप्ताहिक उपहार र २ जनाले मासिक उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ। सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।

 

Shivam cement

प्रकाशित: Dec 19, 2023| 14:49 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्