मंगलबार, पुस १, २०८२

टीभीएस रोनिन ‘मोडर्न–रेट्रो’ बजारमा

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

टीभीएस मोटरले पहिलो पटक नेपालमा टीभीएस रोनिन मोटरसाइकल ल्याएको छ। टीभीएसले टीभीएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल सार्वजनिक गरेको हो।

National life

दुईपांग्रे र तीनपांग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टीभीएस टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ। टीभीएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।

नयाँ पुस्ताका राइडरका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिने कम्पनीले बताएको छ। २२५ सीसीको यो मोटरसाइकलको तौल १६० किलो छ। देशभरका टीभीएस मोटर आउटलेटमा यो ४ लाख ४९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले बताएको छ।

 

प्रकाशित: Dec 19, 2023| 14:23 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्