मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले केआईओएसके मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयम्‌ले केआईओएसकेमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन्।

National life

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारी कार्यालय समयबाहेकको समयमा पनि बिनाझन्झट चेक डिपोजिट गर्न सक्नेछन्। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ।

हाल नबिल बैंकले काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ। बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट तथा उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा उपलब्ध गराइएको छ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ। हालसम्म यस बैंकको ग्राहक संख्या १८ लाखभन्दा बढी पुगेको छ।

 

kumari

प्रकाशित: Dec 19, 2023| 14:02 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्