सोमबार, असोज ६, २०८२

प्रभु क्यापिटल र क्रिमसन हस्पिटलबीच छुट सम्झौता

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छूट समझौता गरेको छ। दुबै पक्षबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन्।

Kumaribank

सम्झौता बमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा न.पा, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिदा हस्पिटलले दिदैं आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छूट पाउने भएका छन्। प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन्। प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको छ।

तिलोत्तमा न.पा, मणिग्राम ५, रुपन्देहीमा अवस्थित यो क्रिमसन हस्पिटल आधुनिक प्रविधियुक्त, विभिन्न सेवासुविधाहरू सहितको उत्कृष्ट मध्येको हस्पिटल हो, जसमा शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन्। हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू पनि उपलब्ध गराएको छ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना उचयमगअत तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक समझौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ।

 

Metro Mart

प्रकाशित: Dec 19, 2023| 13:53 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्