मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री र सञ्चारमन्त्रीले भने- एनसेल कारोबारमा कमजोरी भए कारबाही गर्छौं

प्रधानमन्त्री र सञ्चारमन्त्रीले भने- एनसेल कारोबारमा कमजोरी भए कारबाही गर्छौं

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीमा कमजोरी रहेको पाइएमा कारबाही गर्ने बताएका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

National life

प्रधानमन्त्री दाहालले एनसेल सेयर खरिदबिक्री प्रकरणमा बनाइएको समिति स्थायी संरचनालाई पन्छाउने उद्देश्यले नभएको समेत स्पष्ट पारे। उनले भने, 'समग्र लगानी, दूरसञ्चारको विकास र विस्तारका विषयमा छलफल गरेपछि अध्ययन तथा छानबिन समिति बनाइएको हो। कसैलाई ओभरल्याप गर्नको लागि छानबिन समिति बनाइएको होइन।'

मुलुकमा अनुसन्धानको लागि अन्य स्थायी संरचना भए पनि नयाँ छानबिन समिति बनाइएको भन्दै केही सांसदहरूले प्रश्न उठाएका थिए। प्रधानमन्त्री दाहालले सेयर खरिदबिक्री र हक हस्तान्तरणका सवालमा भएको कारोबार र लगानी तथा अन्य विषयमा छलफल गर्ने भनिएकाले यो करको विषयमा मात्रै केन्द्रित नभएको बताए। सरकारले पूर्व महालेखा परीक्षण टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको छ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेसम्म एनसेलबाट सेयर खरिद-बिक्रीको औपचारिक जानकारी नआएको र छानबिन समितिले यसमा अध्ययन गरिरहेको बताइन्। उनले एनसेललाई सरकारको मातहतमा ल्याउन सकिने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिइन्।

एनसेलमा रहेको आजियाटा स्वामित्वको ८० प्रतिशत सेयर नेपाली साझेदार सतिशलाल आचार्यकै युकेस्थित स्पेक्ट्रलाइट युके लिमिटेड कम्पनीलाई बिक्री गरिएको थियो। अजियाटाले एक अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको यो सेयर बिक्री भने ५० करोड अमेरिकी डलरमा गरेको सार्वजनिक भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 19, 2023| 13:22 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्