बुधबार, चैत १८, २०८२

बार्सिलोना भिल्लारियलको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा आइतबार राति साबिकको विजेता बार्सिलोना भिल्लारियलसँग भिड्दै छ । बार्सिलोनाले आफ्नो घर क्याम्प नोउमा १४औं हप्ताको खेल भिल्लारियलसँग खेल्न लागेको हो । 

खेल नेपाली समय अनुसार आइतबार राति ११:१५ बजेबाट बार्सिलोनोका घरमा सुरु हुँदैछ । बार्सिलोनालाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिन आइतबारको खेलमा जित निकाल्नै पर्ने बाध्यता हुनेछ । 

जहाँ बार्साले हाल लिगको १७औं स्थानमा रहेको भिल्लारियलविरुद्ध सहज जित निकाल्न प्रयास गर्नेछ । गत साता एथ्लेटिकोविरुद्धको खेल दौरान राफिन्हा, सर्जी रोवेर्टो, लुइस स्वारेज, सामुएल उम्टिटीलगायत खेलाडी घाइते भएका थिए । 

तर, आजको खेलमा बार्सिलोनाको टोलीमा केही प्रमुख खलाडी हुनेछैनन् । आजको खेलमा स्वारेज हुनेछैनन् । यद्यपि, बार्सिलोनालाई कप्तान लिओनल मेस्सी, फिलिपे कोउटिन्हो, इभान राकिटिकलगायत खेलाडीको साथ हुनेछ ।

बार्सिलोना हाल अंक तालिकामा १३ खेलपछि मात्रै २५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जहाँ १३ खेलमा ७ खेलमा जित ४ खेल बराबरी र २ खेलमा हार व्यहोरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।