सोमबार, असोज ६, २०८२

भूकम्प प्रभावितका लागि १ अर्ब निकासा

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ।

Kumaribank

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले आज ९३ करोड रुपैयाँ पठाएका छौँ। प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौँ।’

उनले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिए।

यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले बताए।

Metro Mart

पोखरेलका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो। गत कात्तिक २७ मा मन्त्रिपरिषद्ले १० अर्ब रुपैयाँ पठाउने निर्णय गरेको थियो। सोहीअन्तर्गत अर्थले एक अर्ब भूकम्पपीडितका लागि निकासा गरेको हो।

निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको उनले जानकारी दिए। यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपैयाँ पठाइसकेको छ। यसबाट ती जिल्लामा आवास निर्माण भइरहेको छ।

प्रकाशित: Dec 19, 2023| 09:40 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्