सोमबार, असोज ६, २०८२

आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र साह

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ।

Kumaribank

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको निर्णयमा निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक रहेका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। 

निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको पदमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

१५ वर्षअघि निगम प्रवेश गरेका साह सुरुदेखि हालसम्म अर्थ विभागमै कार्यरत छन्। उनले चार्टर्ड एकाएन्टेन्ट (सिए) पढेका हुन्। उनले अर्थ विभाग सम्हालेयता निगमको नियमित रूपमा वार्षिक लेखापरीक्षण हुँदै आएको छ।

निमित्त प्रमुखको जिम्मेवारी पाएका साह निगमको अर्थ र मानव संसाधन विभागको नेतृत्व गर्ने नायब कार्यकारी निर्देशक भएर काम गरिरहेका छन्। नायब कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल हुने भएकाले साहको निगममा करिब दुई वर्ष सेवा अवधि बाँकी छ।

Metro Mart

प्रकाशित: Dec 18, 2023| 20:19 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्