काठमाडौं- बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ । मंसिर २९ गते ग्लेनेइगल्सद्वारा डिजाइन गरिएको गोकर्ण गल्फ कोर्समा आयोजना हुने आयोजक कमिटिले एक पत्रकार सम्मेलनको आयोजनागरी जानकरी दिएको हो ।
एकदिने प्रतियोगितामा एक सय भन्दा बढी कर्पोरेट क्षेत्रका गल्फ खेलाडीले भाग लिने छन् । नेपालको खेलकूद क्षेत्र र कर्पोरेट जगतलाई सँगै जोड्न प्रतियोगिताको आयोजना गरिएको आयोजक बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले बताए ।
युवा जगतलाई समेट्दै खेलकुदमा महत्वपूर्ण स्थान दिने उद्देश्यले दोस्रोपटक ‘कर्पोरेट गल्फ प्रतियोगिता’ आयोजना गर्न लागेको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
एकदिने प्रतियोगिता १८ होल स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप फम्र्याटमा खेलाइनेछ । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीले गाडी पुरस्कार प्राप्त गर्नेछन् भने प्रथम विजेताले चौबिस क्यारेटको सुनको ‘गल्फ बल’ प्राप्त गर्नेछन् ।
त्यस्तै अन्य विजेताहरुले विभिन्न शीर्षकमा पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगितामा बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४