सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वायुसेवा निगमले भन्‍यो - ईयूको कालोसूची हाम्रो कारण मात्र होइन

वायुसेवा निगमले भन्‍यो - ईयूको कालोसूची हाम्रो कारण मात्र होइन

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई ईयूको कालोसूचीमा राखेको भन्ने विषय सही नभएको जनाएको छ। 

National life

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वायुसेवा निगमै कारण नेपालको हवाई उडान क्षेत्रलाई ईयूले कालोसूचीमा कालोसूचीमा राखेको विषय सही नभएको बताएका हुन्।

उनले पछिल्लो पटक नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न राख्दै पत्र ईयूबाट प्राप्त भएको जिकिर गरे। नागरिक उड्डयन प्राधिकरण नियामक निकाय भएकाले प्राधिकरणले एयरलाइन्सलाई समेटेर समस्याको समाधान गर्नुपर्ने उनले बताए।

त्यस्तै अधिकारीले वायुसेवा निगमको जहाज सिड्नी उडाउनका लागि तयारी भइरहेको जानकारी दिए। ठूला विमानहरूले निरन्तर उडान भर्दा नियमित गर्न विमानको अभाव हुने उनको भनाइ छ। उनले बजार हस्तक्षेपका साथै सेवा विस्तार गर्न केही विमान लिजमा लिने तयारी भइरहेको जानकारी दिए।

समितिले नेपालको हवाई क्षेत्रलाई कालोसूची राखिएको विषयमा विस्तृत रुपमा पुन निगमसँग छलफल गर्ने जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2023| 18:50 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्