सोमबार, मंसिर २९, २०८२

व्यवसाय चलायमान बनाउन महोत्सव

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

गलकोट- बागलुङ उद्योग वाणिज्य संघले चार वर्षपछि बागलुङ महोत्सवको आयोजना गर्दैछ। संघको आयोजनामा यही पुस ११ देखि २१ गतेसम्म ‘बागलुङ महोत्सव-२०८०’ हुन लागेको हो।

National life

यसअघि विसं २०७६ मा महोत्सव आयोजना गरिएको थियो। विगतका वर्षमा गरिएका महोत्सवले यहाँको बजार तथा व्यापार फस्टाउँदै आएको थियो। महोत्सवले व्यवसायलाई थप चलायमान बनाउने भएकाले तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ। 

कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन महोत्सव फलदायी हुने संघका अध्यक्ष नरेश कँडेलले बताए। महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै उनले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै कक्ष राखिने जानकारी दिए।

जिल्लामा उत्पादित स्थानीय सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोबाट बनेका पाउडरको प्रवर्द्धन गरिने अध्यक्ष कँडेलले बताए। महोत्सवले पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्‍याउने उनको भनाइ छ। उनका अनुसार महोत्सवमा एक सय २० भन्दाबढी कक्ष रहने छन्।

मेलामा एक करोड ७० लाख रूपैयाँ आम्दानी गर्ने र एक करोड ४५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा सात लाख दर्शक भित्रिने र १० करोड रूपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको कँडेलले जानकारी दिए।

Laxmi sunrise bank
kumari

महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवाउद्यमी सम्मेलन गरिने संघका महासचिव ऋषिराम गौतमले बताए।

महोत्सवबाट बचत भएको रकमले संघको सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत सदस्य कल्याणकारी कोषमा पाँच लाख रूपैयाँ जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग गरिने, बजार क्षेत्रमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासंघको संस्थागत विकासमा सहयोग पुर्‍याइने जनाइएको छ। रासस

प्रकाशित: Dec 18, 2023| 21:41 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्