शनिबार, साउन ९, २०८३

भारती खरेल पुरस्कार रमा शर्मालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – यस वर्षको भारती खरेल पुरस्कार साहित्यकार रमा शर्मालाई प्रदान गरिएको छ। भारती खरेल प्रतिष्ठानले साधिका खरेलको ८१ औं जयन्तीका अवसरमा आयोजित कार्यक्रमम शर्मालाई ५१ हजार राशिको पुरस्कार प्रदान गरेको हो।

शर्मालाई प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सम्मान प्रदान गरेकी थिइन्। सो अवसरमा कोइरालाले साहित्य साधिका खरेलका नाममा स्थापित पुरस्कार अर्की महिला साधकलाई प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन्। उनले प्रतिष्ठानले साहित्यको विकासमा खेलिरहेको भूमिकाको पनि प्रशंसा गरिन्।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा. प्रयागराज भट्टराईले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिएका थिए। उक्त पुरस्कार यसअघि डायमनशमशेर राणा, केशवराज पिँडाली, प्रा. गोपालनिधि तिवारी, माधुरी भट्टराई, प्रा.डा. चूडामणि बन्धु, प्रा. जगन्नाथ शर्मा त्रिपाठी, प्रा. कृष्णप्रसाद पराजुली, प्रा. शिवगोपाल रिजाल, परशु प्रधान, नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले पाएका छन्।

प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा. हेमचन्द्र नेपालले सम्मानित स्रष्टाको व्यक्तित्वबारे चर्चा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।