शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : जावालाखेल युथको पहिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावला खेल युथ क्लबले पहिलो जित निकालेको छ । हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा आइतबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब १-० ले गोल परासजत गर्दै जावालाखेलले लिगमा पहिलो जित निकालेको हो ।

जावलाखेल युथ क्लबको जितका लागि अरुज सिंहले गोल गरेका थिए । उनले ८८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा जावलाखेललाई गोल गर्न निकै समय कुर्नु पर्यो । 

यसअघिका ४ खेल खेल्दा जावलाखेलले एक खेल बराबरी र ३ खेलमा हार व्यहोरेको थियो । लिगको पहिलो खेल नेपाल पुलिस क्लबसँग १-० ले पराजित भएको जवला खेल दोस्रो खेलमा संकटासँग २-० ले पराजित भएको थियो । 

त्यस्तै तेस्रो खेलमा हिमालयन सेर्पासँग २-१ ले पराजित हुँदा आफ्नो चौथो खेलमा फ्रेन्डस् क्लबसँग ३-३ को बराबरी खेलेको थियो । यता ब्रिगेड ब्वाईजले पनि लिगका ५ खेल खेल्दा १ खेलमा जित र ४ खेल गुमाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।