शनिबार, साउन ९, २०८३

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ। आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको स्टकले जनाएको छ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्र शेयर उकालो लागेको छ। सो उपसमूह २.९६ अङ्कले बढेको छ। यस्तै बैँकिङ १५.५८, होटल ३३.२६, विकास बैंक ११.३३, जलविद्युत् १६, फाइनान्स ५.०७, निर्जीवन बीमा १३९.५१, उत्पादन २.७३, अन्य ७.७३, लघुवित्त २८.८५ र जीवन बीमा १०५.६७ अङ्कले घटेको छ।

विजय लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लिमिटेड, कालीका पावर कम्पनी लिमिटेड र रैराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन्। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।